Search

Anotherverse

Get scienced!!!

Category

Engineering

Oompa loompa of scientific world

हाम्रा चोकको नयाँ अनुहार

बिहानको झिसमिसे र रातको १० बजै अगि बिरलै चोकको अनुहार राम्रोसँग देख्न पाइन्छ काठमान्डुमा। रङबेरङका दुइ/तीन/चारपाङ्ग्रे सवारीहरु,पैदलयात्रुहरु,ठेलागाडा तथा गाईवस्तुको सङ्म बन्छन् चोकहरु। अधिकांश नियमको परवाह नगरी चल्ने सवारीहरु र त्यसरी नै मनलाग्दी हिँड्ने पैदलयात्रुले गर्दा जामको पर्याय बन्छन चोकहरु। स्वचालित ट्राफिक बत्ती नभएर (भए पनि नियम माने त हो 😉 )मान्छेले सङ्केत गरेर चलाउनु पर्ने यो व्यवस्था कति जटिल छ तलका चित्रहरुमा कलङ्की चोक र यसमा हुने सवारी आवागमनको प्रवाह (Traffic maneuvers) हेरेर बुझ्न सकिन्छ।

kalanki
कलङ्कीको सवारी प्रवाह

यो चोकमा एकपटकमा सवारी-साधनहरु करिब बाह्र दिशामा (चित्रमा अंकित गरे अनुसार) जान मिल्ने गरि लामबद्ध भएर बसेका हुन्छन। अहिलेको स्थितिमा सुहाउँदो ट्राफिक नियम नभएको कारणले यहाँको सवारी आवागमन अस्तव्यस्त छ ।  सवारीधनीहरुले आफु मनपरी सवारी चलाउने कारणले व्यवस्थापन गर्न हम्मे-हम्मे पर्छ। त्यसमाथि भएको आकाशे-पूल (Overhead bridge) नि भत्कईदिएपछि पैदल-यात्रुहरुले जथाभावी बाटो काट्ने गर्दा यातायातमा थप अवरोध पुगेको छ । यिनै कारणहरुले यात्रा असुरक्षित बन्नुका साथै बहुमुल्य समय ट्राफिक जाममा खेर जान्छ । अझ धुलो-धूँवा र अनावश्यक ‘हर्न ‘ बजाउने चलनले जोसुकैको पनि यात्रा कष्टकर बनेको छ।गम्भीर भएर सोच्ने हो भने अब यहाँ को ट्राफिक व्यवस्थित बनाउनुको विकल्प छैन । Continue reading “हाम्रा चोकको नयाँ अनुहार”

Advertisements

पानी, नदी र बाढी

सडक कि खोला?

अरु बेला साँघुरा सडक, पेटीभरी सामान बेच्नेहरुले गर्दा सजिलै हिँड्न नपाउने काठमान्डुको वर्खाको दुखको कथा बेग्लै छ। कमै सडक होलान् जसमा पानी बनाइएका नाली र ढलबाट बग्छ र सडक सहज रहन्छ।केही बेर पानी पर्दा नै काठमान्डुको मुख्य भाग जमल तथा ललितपुरको कुपन्डोलमा सडक नदी जस्तो हुने त सबैले देखेकै कुरा हो।

सडक बनाउँदा पानी व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्न सकिएन भने वर्षा हुँदा दुख दिने कुरा त छदैँछ, बनेको सडकको आयु पनि कम गराउने कुरालाई नजर अन्दाज गर्न हुँदैन।भिरालो धरातलमा त सडकको मुख्य शत्रुको रुपमा लिइने बगेर आउने बर्सातको पानीले उचित निकास नपाए सहरी सडकमा पनि जमेर बिस्तारै खाल्डाखुल्डी पार्ने गर्छ।

बङ्गालको खाडीबाट आउने मौसमी वायुले मनसुनी वर्षा हुने काठमान्डुमा त्यहाँबाट नजिकको भौगोलिक अवस्थिति तथा उत्तरका पहाडले हावा छेक्ने कारणले गर्दा यथेष्ठ मात्रामा नै बर्सात हुन्छ।औसतमा वार्षिक १३८० मिलिमिटर जति पानी पर्ने काठमान्डुमा जुलाइ महिनामा मात्रै ३७८ मिलिमिटरसम्म पानी परेको रेकर्ड छ। वरिपरिका डाँडाको समेत पानी बगेर आउने र बागमती र यसका सहायक नदी मार्फत निकास हुने उपत्यका सतहमा बग्ने पानी व्यवस्थापनको लागि सजिलो ठाउँ भने हैन। अब पहिलेजस्तो धेरै खेतबारी वा पर्ती जग्गा भएर धेरैजसो पानी जमिनमा सोसिएर जाने अवस्था पनि छैन, काठमान्डुमा। Continue reading “पानी, नदी र बाढी”

What makes it good?

Last winter I had been to western Nepal, where a house, belonging to my relatives,  was under construction. They proudly showed me the bags of cement and steel of  brands that’s been advertised as the best building material in the country. Nonetheless, these brands had quite satisfactory lab test results in a different construction sites where I had a chance to view them.

When I reached to the pile of sand and aggregates, I was dumbfounded. The sand seemed to be directly borrowed from a quarry site opened in a flatbed river of Terai. Soil, pebbles, pieces of cattle dung, rotting vegetation was visible on the surface easily. When I inquired if it was washed, they promptly said it’s been washed by the supplier – maybe it’s washed – but obviously it did not meet requirements. This reminded me of a proverb Biralo baner shradda-  the supplier just did the holy ritual of washing- for the sake of cleaning. Continue reading “What makes it good?”

नापका कुरा

सामाजिक सन्जाल तथा सन्चार माध्यममा सुनिरहेका केहि कुरा

*विचार पुरै फेरिनु ३६० डिग्रीले फेरिनु हो त?
*पानीको बहाव (Discharge) र आयतन (Volume) बारे नाप्ने एकाइ (Measuring unit) क्युमेक,क्युसेक के हो?

१.लागौँ पहिलो कुरातर्फ, यहाँ ३६०डिग्री लेखेर खास विचार उल्टो कोणतर्फ मोडियो भन्न खोजिएको थियो। सरल रुपमा भन्नुपर्दा कोण भनेको  एउटा रेखाबाट अर्कोसम्म पुग्न कति घुम्नुपर्छ त्यसको मापन हो र कोण नाप्ने एकाइ हो डिग्री, जुन संसारमा अहिले साधारण प्रयोगमा सबैभन्दा बढी प्रयोग हुन्छ। अलि कम प्रचलनमा रहेको ग्रेड वा गोन (दसमलव पध्दतिमा आधारित) र वैज्ञानिक काममा रेडियन प्रयोग भएपनि चलनचल्तीमा ६०मा आधारित पध्दति डिग्री नै छ।
माथिका सबै कोण नाप्ने एकाइहरु सतहीकोण (plane) नाप्न प्रयोग हुन्छन् र यी  पध्दतिहरु वृत्तमा (Circle) आधारित भएर परिभाषित छन।
६० मा आधारित डिग्री पध्दतिमा एक पुरा फन्को वा वृत्त बराबर ३६० डिग्री लिएर हिसाब गरिन्छ जब कि ग्रेड वा गोनमा एक पुरा फन्को ४०० ग्रेड वा गोनले बनाउँछ। त्यस्तै एक रेडियन भने वृत्तको अर्धव्यास (Radius) बराबरको चापले (Arc) बनाउने कोणको रुपमा परिभाषित छ, जसअनुसार एक पुरै फन्को बराबर 2π रेडियन हुन आउँछ। Continue reading “नापका कुरा”

Create a free website or blog at WordPress.com.

Up ↑