Photo Taken from: eeecos.org
Photo Taken from: eeecos.org

हेर्नुस है भर्खरै इञ्जिनियरिङ्ग सकेको ठिटोले ठाडै भन्दियो ‘सरकारीको नोकरी चै गरिन्न, I/NGO मा जागिर खाने हो’ । परो फसाद बा आमालाई, धन्न बुझ्ने बा/आमा, सोच्नु भो होला ‘अब केटाको पढाईले मात्र काम चल्दैन’ अनि स्वाँ-स्वाँ (अलिक बिस्तारै पढ्नुस है, निन्द्रा पो लाग्छ बाई यस्ता सब्द सारो पढ्दा) गर्दै कुद्न थाल्नु भो सोर्स-फोर्स लाउन । फोर्स यानकी बल, पढ्नु नै भा होला विज्ञानमा (विज्ञान ब्लग हजुर, विज्ञान मन परारै छिर्नु भा होला) कार्य त्यसैलाई मान्निन्छ जाहाँ बल लगाएर केहि दुरी नि पार गराइन्छ कुनै बस्तुलाई, ठ्याक्कै त्यस्तै ६० किलोको शरिर लेर बा दैलो-दैलो, बुझी हाल्नु भो होला धेरै लेखेर बर्बाद किन पारूँ तपाइंको समय । लामो कुदाइ पछि, भर्ति भइयो, बधाई छ ठिटो जागिरे भयो । छिरेको भोलि पल्ट देखि मन मिलेकालाई भन्न थालियो, ‘कुरा नगर्नुस तारे होटलमा गोष्ठी गरेर, एक गाम सिचाई बेवास्था गर्ने भन्दा बढि रकम त बन्ध बिर्को खोल्दै खर्च गर्ने रहेछन्’ । धन्न आफुले काम गर्नेले चै, चाउ-चाउको झोल खुवाएर भए नि गामका लाई पानि पिलायो (कति पटक त ठिटोले नै यसको बिरोध गर्यो)

माथिको भूमिका पढ्नु भयो, ल बर्बाद, समयको नस्ट गर्नु भएको, एक लाइन मा सुन्नुस (ए पढ्नुस पो त), “हामीले तारे होटलको गोष्ठी र त्यसको प्रभाव सुन्या/पढ्या/बुझ्या छम है”

ल, आज नयाँ कुरा सुन्नुस, ठिटोको सोधकर्ता (researcher) भेला (सरल भाषामा भन्दा कन्फेरंस, सेमिनार)

हुन त यो ठिटो भर्खर टुसा हाल्ने प्रयाशरत छ रिसर्चमा, पछिलो २ बर्षमा केहि यस्तै भेला उपस्थित हुने मौका पायो यो ठिटोले । यसै सम्बन्धि आफ्ना केहि कुरा राखौ कि जस्तो लागो, सुरु गर्नु भन्दा अगाडि यो नि भन्नु पर्ला, म इञ्जिनियरिङ्ग बिद्यार्थी हुँदा, यस्ता कार्यक्रमा हरेक बक्तालाई प्रश्न सोधेर आफु हाइलाइटेड हुने उपाए बनाको थिएँ । अब सुरु

कन्फेरंस/सेमिनारमा ठिटोले के अनुभव गर्यो

पहिला त आयोजकलाई सिमित रकम उक्त काममा खर्च गर्नु पर्ने हुदो रहेछ, तारे होटल/रिसोर्टमा कार्यक्रम तय गरेर, पेपर कल गर्दिन्छ । सम्बन्धितले जानकारी पाउँछन, आफ्नु रिसर्च उसलाई पनि प्रेजेन्ट गरेर केहि औपचारिक, केहि बायोडाटा लाइन, केहि कमेण्ट्स बटुल्नु पर्ने हुन्छ । जान्छ प्रस्तुत गर्छ, ‘ठिटो इन्जिरियंग विधार्थी हुन्जेल जस्ता केहि व्यक्ति रहेछन् भने उनीहरुले पाहिला हात उठाउछन बेटुङ्गाको प्रश्न गर्छन’ प्रस्तुत कर्ता नि के कम ‘मेक कन्फ़िउज’ भन्ने सिधान्त फलो गरेर ‘केहि वाक्य यसरी बोल्दिन्छ’ दुवै सेठिस हुन्छन । केहि कार्यपत्र सम्बन्धि विशेष ज्ञान भाकाबाट केहि प्रश्न-उत्तरको दोहोरि चल्छ । धेरै जसो उपस्थित व्यक्तिहरु चै साइड टल्क, मोबाइलमा गेम/फेसबुक/ट्विटर, या हाइ काड्नमा व्यस्त हुन्छन। केहि व्यक्ति हुन्छन् जसले प्रश्न राख्ने पर्ने बाध्यता हुन्छ, तिनले केहि प्रश्न/सुझाउ राख्छन् । यतिकैमा समयको पावन्धि हुन्छ त्यो कार्य खत्तम हुन्छ । प्रस्तुत कर्तालाइ पार पाए जस्तो लाग्छ, तर पार-पाइसकेको हुदैन (प्राय), लन्च/डिनर/टि-ब्रेक/टोइलेटमा यस्ता भेटिन्छन् ‘जसले या त गम्भीर बनाउने प्रश्न सोध्छन् या गजबको सुजाव दिन्छन्’ । सबै भन्दा उपलब्धि-मुलक हुने यहि (अन्त्यको) नै हो ।

आज भोलि यो ठिटो मनोरन्जन हुने, रिफ्रेश हुन पाइने, ठाम हेर्न पाइने, दामी लन्च हान्न पाइने, ताक परे वाइन नि छानी-छानी पाइने, भन्दा धेरै कुरा एक्स्पेक्ट गरेर यस्ता कन्फेरंस जान छोड्या जानकारी पाउनुस । झन्डै-झन्डै ठिटोलाई I/NGO को सुन्दै आएको क्रियाकलाप र भर्खर माथि उल्लेखित कन्फेरंस उस्तै-उस्तै लाग्ने बेला आउन लागेको हो कि जस्तो लाग्दै छ ।

अब अर्को नि छ एउटा सुनाउनु पर्ने, जो कोठामै बसेर, मोनिटरमा हेर्दै, माइक्रोफोन भिरेर, किवर्डमा हात चलाउदै भाग लिने गरिन्छ, बुझ्नु भयो ‘वेबिनार – webinar’ भन्दो रहेछ यसलाई । अहिले सम्म पैसा तिरेर बस्नु पर्ने नभएकोले प्राय जसो यस्तो कार्यक्रममा भाग लिदा ठिटोको दिउसोको छ भने कफीको पैसा, राति छ भने एक क्यान किन्ने पैसा मात्र खर्छ हुन्छ । यो वेबिनारको प्रमुख फाइदा, तपाई-तपाइलाइ मन पर्ने फिल्डमा मात्र छिर्नु हुन्छ, प्रबिधि पनि रमाइलो, प्रस्तुतकर्ता पनि अलिक ज्ञाता नै हुन्छन जस्तो लाग्यो ठिटो लाइ चै । तपाई प्रश्न सोध्न लजाउनु हुन्छ भने नि यसमा लेखेर नि सोध्न सकिन्छ । ध्यान दिएर स्लाइड हरु हेर्नुहोस, धेरै मन परे (स्क्रिन प्रिन्ट ट्याब थिचेर पेस्ट नि गर्नुस वर्डमा कसैले चाल पाउन्न) । एउटा कुरा झन्डै भन्ने बिर्सेको हेर्नुस, यसको बेफाइदा चै ‘लो नेटवर्क छ भने गार्है पर्छ, बिजुली छैन भने त बिजुली चोरोट खादै २-४ ओटा सरकारलाई गालि गर्दै ट्विट लेख्ने बेला हुन्छ’ । अर्को ‘आई टु आई कन्ट्याक्ट’ मन पराउनेलाई (या भनौन भौतिक मनपराउने) लाई अलिक खल्लो हुन्छ, मेरो चै अब आई कन्ट्याक्ट गरेर लभ पार्ने बेला सकिएकोले खासै आपत्ति छैन, अर्को लामु हाई गर्न थाल्नु भो भने बर्बाद हुन्छ १-२ स्लाइड सकी सक्छ, यसको चै म नियमित सिकार हो, अर्को भनेको ‘कु-समय’ कुनै बेला मध्ये रात कुनै बेला अर्ली मर्निङ्ग त कुनै बेला मध्ये दिन, जति बेला नि पर्न सक्छ समय । यो वेबिनार चलन आज भोलि फैलदै गै रा छ, फाइदा उठाउनुस । यसको अर्को प्लस पैन्ट भने तपाइ इन्टरनेटबाटै आफ्नु रिसर्च/इण्टेरेस्ट फिल्डका बिस्वभरिका ब्याक्ति संग सम्बन्ध चै बढ्छ है । फाइदा उठाउन किन ढिलो गर्नु हुन्छ, आफ्नु फिल्डको कतै हुदैछ कि वेबिनार गुगल गर्नु, पत्ता लाउनुस, रिमाइण्डर सेट गरि हाल्नुहोस ।

ल सुनी हाल्नु भयो ठिटोको २ बर्षे यात्रा, हस्त नमस्ते, जे गर्दै हुनु हुन्छ राम्रो गर्नुस है मन लगाएर, त्यहि हो ‘धर्म’ भन्या । कृपया धार्मिक हुनुस, है, प्लिज

Advertisements