[अनुरोध:विज्ञानका बारेमा नेपालीमा लेख्न गाह्रो हुन्छ।केहि शब्दहरूको ठ्याक्क नेपाली ठेट शब्द नआएर यो लेखमा कतैकतै नेपाली अंग्रेजी मिसमास पारेको छु।त्यस्तो ठाँउमा अंग्रेजी शब्दलाई रिफरेन्स लिएर पढ्नुहोला।]

ट्विटरमा विज्ञान र विज्ञान जस्ता देखिने विचार/चलनहरूका बारेमा यदाकदा चर्चा चल्छन्।यो प्राय:सबैको चासोको विषय पनि हो। त्यसैले यी बिषयका बारेमा आफुले जानेका केहि विचार शेयर गर्ने जमर्को गरेको छु।तल विज्ञान र  भ्रामक विज्ञान (Pseudoscience) को बारेमा संक्षेपमा चर्चा गरेको छु  । सुरूमा यी शब्दका अर्थहरू बारे जानकारी राखौ:

1)Fallacy [कुतर्क ]:
यस्तो बहस जसमा कमजोर तर्कहरू वा भनौ खराब तर्कहरू प्रयोग गरिन्छ । तर्कमा त्रुटि  वा कुतर्कको रूपमा पनि बुझ्न सकिन्छ fallacy लाई । कुनै पनि बहसको निष्कर्ष सहि वा गलत जे भएपनि त्यो बहस fallacy हुनसक्छ । भाषिक रूपमा वा शब्दकोशमा fallacy का विभिन्न फरकफरक परिभाषा हुन सक्छन् तर यहाँ हामि fallacy लाई बहस /तर्कमा त्रुटि  को रूपमा बुझ्छौ । fallacy लाई धेरै प्रकारमा विभाजन गर्न सकिन्छ । जस्तै:
# Ad Hominem :
यदि तपाइले बहसकर्तामाथि irrelevant (नसुहाँउदो )आरोप लगाउनु भयो र बहस गर्नुभयो कि त्यो आरोपको कारण बहसकर्ताको तर्क अस्वीकार हुन्छ भने त्यसलाई Ad Hominem भनिन्छ । उदाहरणको लागि:
“उसले धर्मका बारेमा गरेका सबै टिप्पणीहरूको कुनै अर्थ छैन । ऊ जम्मा सत्र बर्षको मात्र भयो । ”
यहाँ प्रस्तुत बहसकर्तामाथिको आरोपले उसको विश्वसनियता लाई undermine गर्छ तर उसका तर्कहरूलाई चै undermine गर्दैन किनकि तर्कहरूको वजन (quality ) को उसको उमेरसंग कुनै सम्बन्ध छैन ।

# Black And White:
गलत दोधारमा पार्नु (false dilemma) जसले तपाँइलाई दुइवटा च्वाइस मात्र प्रदान गर्छ । उदाहरणको लागि:

“तिमिले के निर्णय गर्यौ? तिमि हाम्रो वातावरण संरक्षण कोषमा हजार रूपैया सहयोग गर्छौ कि तिमि वातावरण संरक्षणको विपक्षमा छौ? ”
यस्तो fallacy लाई च्यालेन्ज गर्न पनि सकिन्छ जस्तै: “मलाई वातावरण संरक्षण गर्न मन छ तर म तपाइहरूको संरक्षण कोषमा हजार रूपैया सहयोग गर्न चाहन्न।”
यो fallacy पत्ता लगाउन के मलाई दिइएका च्वाइसहरू  निष्पक्ष(fair) छन् वा छैनन् (unfair)  भनेर प्रश्न गर्न सकिन्छ । जस्तो माथिको उदाहरणमा निष्पक्ष ( fair) प्रश्न यस्तो हुन सक्थ्यो -“तिमि हजार रूपैया सहयोग गर्छौ कि गर्दैनौ? ”
यसरि सबै प्रकारका fallacy को यहाँ चर्चा गर्नु असम्भव छ । fallacy बारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

2)Scientific Method [वैज्ञानिक प्रक्रिया ]

साधारण भाषामा हाइपोथेसिस, थ्योरी र ल (नियम )लाई एकै रूपमा प्रयोग गरिन्छ तर वैज्ञानिक भाषामा यी निकै फरक हुन् ।

# हाइपोथेसिस (Hypothesis ):
अवलोकलन(Observation) को आधारमा गरिने बुद्धिमानी(educated ) गेस लाई हाइपोथेसिस भनिन्छ । कुनै पनि हाइपोथेसिस गलत भनेर प्रमाणित गर्न सकिन्छ तर सहि (सत्य )हो भनेर प्रमाणित गर्न सकिदैन । उदाहरणको लागी:

तपाइले लुगा धुदा देख्नुभयो /अनुभव गर्नुभयो कि विभिन्न  साबुनहरूको  लुगा धुने क्षमतामा कुनै फरक छैन । त्यसको आधारमा तपाइले हाइपोथेसिस बनाउन सक्नुहुन्छ -” जुन साबुन प्रयोग गरेपनि लुगा धुने क्षमतालाई कुनै असर गर्दैन । “
तर पछि पत्ता लगाउनुभयो कि सर्टमा लागेको दाग कुनै एक निश्चित  साबुन प्रयोग गर्दा सफा हुन्छ तर अरू साबुनहरू प्रयोग गर्दा सफा हुदैन । यसबाट तपाइको हाइपोथेसिस गलत प्रमाणित हुन्छ । त्यस्तै; तपाइले  हजार साबुन प्रयोग गरेर हाइपोथेसिस सहि  प्रमाणित गर्नुभयो भनेपनि तपाइले प्रयोग नगर्नुभएको अर्को कुनै साबुन हुनसक्छ । त्यसैले तपाइले आफ्नो हाइपोथेसिस सहि हो भनेर प्रमाणित गर्न सक्नुहुन्न ।

राम्रो हाइपोथेसिसका केहि विशेषताहरू:
a)भाषिक प्रस्टता
b)सामान्यतया हाइपोथेसिस “यो गर्यो भने …यस्तो हुन्छ ” भन्ने भाषिक संरचनामा लेखिन्छ ।
c )टेस्ट(test ) गर्न सकिने

# थ्योरी [Theory ]
लगातारको टेस्टिङ र प्रयोगले गलत प्रमाणित गर्न नसकेका हाइपोथेसिसलाई थ्योरी भनिन्छ । थ्योरिको विरोधमा कुनै प्रमाण नजुटेसम्म त्यो थ्योरी लागु(valid) रहन्छ ।

# नियम [Law ]
Observations हरूको सामान्यायीकरण(generalization) लाई नियम भनिन्छ । कुनै अपवाद प्राप्त नभएसम्म नियमहरू valid रहन्छन् । नियमहरूले वस्तु/घटना व्याख्या(explain) गर्छ तर वर्णन(describe) गर्दैन । जस्तै: न्युटनको गुरुत्वाकर्षण बलको नियमले गुरूत्वलाई व्याख्या  गर्छ तर गुरूत्व(gravity) किन हुन्छ वर्णन  गर्न सक्दैन ।

# Scientific Method:
वैज्ञानिक नियम,सिद्धान्त बन्ने प्रक्रिया निम्नानुसार छन्:
a)make observations (अवलोकन गर्नु )
b)हाइपोथेसिस पेश गर्नु ।
c)प्रस्तुत हाइपोथेसिस टेस्ट गर्न प्रयोग(experiment) डिजाइन गर्नु र प्रयोग गर्नु ।
d )experiment का डाटाहरू मुल्याङ्कन गरेर हाइपोथेसिस लाई स्विकार्नु वा अस्वीकार गर्नु ।
e)आवश्यक परेमा अर्को हाइपोथेसिस प्रस्तुत गर्नु र टेस्ट  गर्नु ।

ध्यान दिनपर्ने कुरा: प्रयोग  डिजाइन गर्न वा आइडिया लिनै गाह्रो भयो भने पुन:पहिलो स्टेपबाट सुरू गर्नपर्छ ।

अब Pseudoscience के हो? साइन्स र Pseudoscience को फरक कसरि छुट्याउने यसबारे केहि चर्चा गरौ!

# Pseudoscience
त्यस्ता दाबि, विश्वास (belief ),चलनहरू जुन वैज्ञानिक धारणाको रूपमा प्रस्तुत गरिन्छन् तर सारमा तिनिहरूले वैज्ञानिक प्रक्रिया(Scientific Method)फलो गरेका छैनन् भने  ती Pseudoscience हुन् । Pseudoscience हरू तथ्यमा आधारित हुन्नन्; टेस्ट गर्न सकिन्न, अस्पस्ट (vague )भाषिक संरचनामा प्रस्तुत गरिन्छ । आधुनिक विज्ञानमा धेरै धारणाहरू वैज्ञानिक हुन् कि Pseudoscientific हुन् छुट्याउन गाह्रो पर्छ ।

यसबारे Stanford Encyclopedia Of Philosophy मा विस्तृतमा व्याख्या गरिएको छ । तल यसको वारेमा संक्षेपमा मात्र चर्चा गर्नेछु । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

मुख्य प्रश्न उठ्नसक्छ, “विज्ञान र Pseudoscience लाई छुट्याउन पर्ने आवश्यकता किन पर्यो? “यसबारेमा दुइकिसिमले उत्तर दिन सकिन्छ । पहिलो, थ्योरेटिकल (Theoretical )रूपमा हेर्दा -यो फरक छुट्याइले विज्ञानको दर्शन (Philosophy Of Science )मजबूत पार्ने काम गर्छ; जसरि कुतर्क (Fallacy )को अध्ययनले informal तर्क बुझ्न मद्धत गर्छ । दोस्रो, प्राक्टिकल (Practical View )पक्षबाट हेर्दा -यो फरक छुट्याइ व्यक्तिगत र सामाजिक जिवनमा लिने निर्णयहरूसंग सम्बन्धीत छ।पुरै प्रविधि र विज्ञानमा आधारित समाजमा के विज्ञान हो र के विज्ञान हैन बारे बहस चलाउनु आवश्यक छ।मुख्य प्राक्टिकल क्षेत्रहरू हेरौ:

-स्वास्थसेवा: मेडिकल विज्ञानले औषधि र प्रयोगहरूको कार्यक्षमता अध्ययन गरेर नयाँ प्रविधि विकास गर्छ । तर यसक्षेत्रमा हुने Pseudoscience को प्राक्टिसले काम नगर्ने  र प्राणघातक प्रविधि र चलनलाई वढवा दिन सक्छ ।

-अदालत: अदालत र न्यायधिसहरूले तथ्यको आधारमा फैसला गर्नपर्छ । तर कुनै वकिलले वैज्ञानिक जस्तो लाग्ने तर्क पेश गरेमा त्यो तर्क वैज्ञानिक हो वा Pseudoscience हो छुट्याउने खुबि न्यायधिसमा हुनपर्छ ।

-वातावरण संरक्षण: कुनै रसायन वा प्रविधिले वातावरणमा पार्ने वैज्ञानिक रूपले अध्ययन गरेर मात्र त्यसको न्युनीकरणको उपाय पत्ता लगाउन सकिन्छ । यहाँ Pseudoscience प्रयोग गरेर गरिने दाबिले गर्दा वातावरणिय प्रभाव त छदै छ झन् नयाँ प्रविधि प्रयोग गर्नै नहुने सोच पैदा हुने खतरा रहन्छ । यसको गतिलो उदाहरण मोन्सान्टो र जिएमओ (GMO )को बारेमा नेपालमा भरखरै भएको बहस र विरोधलाई लिन सकिन्छ ।

शिक्षा:शिक्षाशास्त्रीहरू भन्छन् -“हामिलाई कस्तो हुन्छ भनेर पत्तो समेत नभएको भविष्यको लागि सक्षम जनशक्ति उत्पादन गर्ने थलो शैक्षिक संस्था हो । ” बालबालिकालाई विज्ञान र Pseudoscience को बारेमा प्रस्टसंग ज्ञान नदिइ एकोहोरो रटाइले कुन गलत कुन सहि भन्ने प्रश्न गर्नसक्ने क्षमता उनीहरूमा विकास हुन सक्दैन ।

यस्ता धेरै क्षेत्रहरू छन् प्रतक्ष्य रूपमा Pseudoscience ले प्रभाव पार्नसक्ने । पाठकहरूले पनि आफ्नो वरिपरि अवलोकन गर्नसक्नुहुन्छ । अब विज्ञान र Pseudoscience छुट्याउने तरिका (criteria )को बारेमा चर्चा गरौ ।   यसबारे Karl Popper (1962) को प्रसिद्ध उदाहरण हेरौ:

1)सिग्मड फ्रायड (Sigmund Freud )र एडलर (Adler )को थ्योरिहरू:
– दुइजना मानिसहरू; पहिलोले  मार्ने मनसायले एउटा बच्चालाई पोखरिमा फाल्दिन्छ; दोस्रो मानिस बच्चाको ज्यान वचाउने प्रयासमा आफु मर्छ ।
– फ्रायडको धारणाअनुसार; पहिलो मानिस Psychological Repression ले ग्रस्त छ (जुन Oedipus Complex को कारण उत्पन्न भएको हुन सक्छ । )त्यस्तै दोस्रो मानिसले Sublimation(समाजले अस्वीकार गर्ने खालका आफ्ना चाहनालाई सामाजिक स्विकार्य चाहनाले विस्थापित गर्नु ) प्राप्त गरेको छ ।

– त्यस्तै एडलरको थ्योरीअनुसार दुवै मानिस inferiority(तुलनात्मक रूपमा आफु कम महत्वको भएको ) को भावनाले ग्रसित छन् । यहि भावनाले पहिलो मानिसलाई अपराध गर्न र दोस्रो मानिसलाई बच्चाको ज्यान बचाउन उत्प्रेरित गर्यो ।

Popper ले यी दुइ थ्योरी (Freud or Adler’s Theories )ले व्याख्या गर्ननसक्ने कुनै मानव व्यवहार (human behavior )पत्ता लगाउन सकेनन् । उनले तर्क गरे कि ती Observations हरू जुन सधै यी दुवै थ्योरीसंग मिल्छन्, ती Observations हरू यी थ्योरीका वलियो प्रमाण हुनुको सट्टा सबैभन्दा कमजोर पक्ष हुन् ।

2)आइन्सटाइनको गुरूत्वाकर्षणको थ्योरी [Einstein’s Gravitational Theory or General Relativity ]:

– यो थ्योरीले अनुमान गर्छ कि “प्रकाश पनि गह्रौ आकाशीय पिण्डहरू (सुर्य, ताराहरू )संग त्यसरि नै आकर्षित हुन्छ जसरि अरू हलुका पिण्डहरू (पृथ्वी, मंगल, चन्द्रमा )आकर्षित(attracted by gravitational foece ) हुन्छन् ”

– यदि गहिरिएर हेर्दा प्रकाशको सिधा किरण यो थ्योरीले भनेजसरि सुर्यको गुरूत्वले आकर्षित भएर नबाङ्गिएको भए यो थ्योरी गलत प्रमाणित हुन्थ्यो । तर सन् 1919 को सुर्यग्रहण (solar eclipse )को दिन गरिएको अवलोकलने प्रकाश यो थ्योरीले अनुमान गरेअनुसार बाङ्गिएको देखियो; त्यसैले यो थ्योरी विज्ञानले स्वीकार गर्यो ।
तर, फ्रायड र एडलरको थ्योरीहरू कहिल्यै पनि गलत प्रमाणित गर्न सकिन्न किनकि ती थ्योरीहरूले टेस्ट गर्नसकिने कुनै अनुमान (~हाइपोथेसिस )गर्दैनन् ।

त्यस्तै “यो ब्रहमाण्ड भगवानले सिर्जना गरेका हुन् “भन्ने दाबि गलत पनि हुनसक्छ वा सहि पनि हुनसक्छ तर यो दाबि गलत वा सहि प्रमाणित गर्न सकिदैन ।  यसकारण Karl Popper (1962)ले गलत प्रमाणित हुनसक्ने गुण (Falsifiability )लाई विज्ञान र Pseudoscience को फरक छुट्याउने महत्वपूर्ण criteria मानेका छन् ।  [necessary but not sufficient (modern view )तर Popper ले उनका कुनै लेखमा यहि एउटा गुणलाई sufficient condition मानेकोमा अन्य लेखकहरूले उनको आलोचना गर्छन् ]

त्यस्तै अलि आधुनिक धारणा अनुसार; कुनै चलन वा विचार Pseudoscience हुनका लागि निम्न Criteria पुरा गर्नपर्छ (Hansson, 1996):

1)अवैज्ञानिक हुनपर्छ, अर्थात् Scientific Method फलो नगरेको ।
2)त्यो विचार, चलनको पक्षमा लाग्नेहरूले उक्त विचारलाई वैज्ञानिक धारणाको रूपमा स्थापित गराउन प्रयास गरेको ।

तर यहाँ समस्या के छ भने, माथी उल्लेखित दुइ बुदाहरू निकै फराकिलो छन्;धेरै क्षेत्र ओगट्छन् । यी बुदाहरूलाई राम्रोसंग बुझ्न Hansson (1996)ले प्रस्तुत गर्नुभएको हाइपोथेटिकल उदाहरण हेरौ:

पहिलो घटना: कुनै वायोकेमिस्ट (biochemist )ले एउटा प्रयोग  गरेर निष्कर्ष निकाल्यो कि कुनै एक निश्चित प्रोटिनले मांसपेशी खुम्च्याउने प्रक्रिया  मा महत्वपूर्ण भुमिका खेल्छ । तर उसका अरू सबै सहकर्मिहरू सहमत छन् कि त्यो  प्रयोगात्मक त्रुटि(experimental error) को कारण आएको गलत निष्कर्ष हो (artefact due to experimental error )।

दोस्रो घटना: वायोकेमिस्टले एकपछि अर्को slo
हेलचक्राइपुर्ण (sloopy)प्रयोग गर्दै ,सबै प्रयोगको निष्कर्षअनुसार ” कुनै निश्चित प्रोटिनले मांसपेशी खुम्च्याउने प्रक्रियामा महत्वपूर्ण भुमिका खेल्छ” भन्ने दाबि गर्छ । जुन निष्कर्ष लाई त्यो क्षेत्रमा सबै सहकर्मिले अस्वीकार गर्छन् ।

तेस्रो घटना: बायोकेमिस्टले विभिन्न क्षेत्रमा धेरै हेलचक्राइ गरेर प्रयोगहरू गर्छ; जुनमध्ये पहिलो घटना पनि एक हो । उसका प्राय:सबै experiment त्यस्तै क्वालिटिका हुने गर्छन् । उसले कुनै नौलो/फरक थ्योरी प्रस्तुत गर्दैन ।

माथि उल्लेखित घटनामध्ये पहिलो र तेस्रो घटनालाई खराब विज्ञान (bad science )भनिन्छ भने दोस्रो घटनालाई Pseudoscience को रूपमा व्याख्या गरिन्छ ।

यसरि फरक फरक किसिमले विज्ञान र Pseudoscience विचको फरक छुट्याउने कोशिश गरिएको छ । अझ आफ्नो सन् 2010 मा प्रकाशित पुस्तक Nonsense Of Stilts (University Of Chicago Press )मा विज्ञानका दार्शनिक Massimo Pigliucci तर्क गर्छन्, “त्यस्तो कुनै सर्वमान्य तरिका (litmus test )छैन जसले विज्ञान, Pseudoscience र अविज्ञान (non science )लाई छुट्याउन सकोस् किनकि अहिले यी तिनवटा विचका सिमाहरू निकै मलिन र छुट्याउनै नसकिने भएका छन् । ”

त्यसकारण पनि एउटै तरिका र गुणको आधारमा फरक छुट्याउन भन्दापनि, केहि सर्वमान्य तरिकाहरूको लिस्ट प्रयोग गर्ने गरिन्छ । विशेषगरि Langmuir ([1953] 1989),
Gruenberger (1964), Dutch (1982),
Bunge (1982), Radner and Radner
(1982), Kitcher (1982, 30–54),
Hansson (1983), Grove (1985),
Thagard (1988), Glymour and
Stalker (1990), Derkson (1993,
2001), Vollmer (1993), Ruse (1996,
300–306) र Mahner (2007) का  अनुसार निम्न गुणहरू भएका विचार, चलनहरूलाई Pseudoscience भन्ने गरिन्छ:

– Belief in Authority: केहि निश्चित व्यक्तिहरूसंग मात्र सहि वा गलत छुट्याउने स्पेशल खुबि छ र अरूहरूले उनीहरूको निर्णयलाई स्वीकार गर्नपर्छ ।
– Unrepeatable Experiment: experiment गर्ने र त्यसको आघारमा आफ्नो धारणा सहि भन्ने तर अरू कसैले त्यहि experiment गरेर त्यहि outcome निकाल्न नसक्ने ।
– Handpicked Examples: आफुले छानेका experiment लाई आधार मान्ने तर ती experiment ले मात्र त्यो दाबि /विचारको प्रतिनिधित्व नगर्ने ।
– Unwillingness To Test: टेस्ट गर्न सकिने भएपनि आफ्नो दाबि /थ्योरी टेस्ट गर्न अस्वीकार गर्नु ।
– Disregard Of Refuting Information: आफ्नो दाबि/थ्योरीसंग नमिल्ने प्रमाणहरूलाई वेवास्ता गर्ने ।
– Built in Subterfuge: थ्योरी टेस्ट गर्न यस्तो experiment डिजाइन गर्ने जसले थ्योरीलाई कन्फर्म गर्न मात्र सक्छ, गलत प्रमाणित गर्न सक्दैन ।
– Explanation are abandoned without replacement: डिफेन्सिभ व्याख्या गर्दै जाने जसले गर्दा नयाँ थ्योरीले व्याख्या गर्न नसक्ने क्षेत्रहरू व्यापक हुदै जान्छ । [Hansson, 1983]

यति जानकारी राखिसकेपछि आफ्नो वरिपरि चलेका चलन /घटना कुन साइन्स हुन् कुन Pseudoscience हुन् पाठकहरूले छुट्याउन सक्नुहुन्छ । समाज बढि प्रभाव पारिरहेका केहि Pseudoscience का उदाहरणहरूबारे  संक्षेपमा चर्चा गर्न चाहन्छु । (तल उल्लेखित चलन /सोचहरू किन Pseudoscience भए? प्रश्नको उत्तर पाठक आफैले पत्ता लगाउन सक्नुहुन्छ । )

– ज्योतीष र राशिफल: “विभिन्न आकाशीय पिण्डहरूले मानिसको जिवनमा प्रतक्ष्य प्रभाव पार्छन् । विज्ञानले पत्ता लगाएका चारवटा वल(fundamental forces )बाहेक अरू कुनै नयाँ फोर्सको कारण ताराहरू र मानिसहरूविच व्यक्तिगत सम्बन्ध हुन्छ ।”राशिफलहरू निकै अस्पस्ट हुन्छन् । साथै जुम्ल्याहाको घटना र विभिन्न टेस्टहरूले ज्योतिषिहरूको दाबिलाई गलत सावित गरेका छन् । साधारण प्रयोग पाठकहरूले पनि गर्नसक्नुहुन्छ -‘एकैदिन छापिएका विभिन्न पत्रिकाका राशिफलहरू चेक गर्नुस् एकहप्तासम्म; ती राशिफलहरू कति एक अर्कासंग मिल्छन्, आफै हेर्नुस् । ‘

– Ghost Hunting: विभिन्न सिनेमाहरूमा देखाएजसरि एक्स रे, गामा रे पेस्तोल बोकेर कुनै दैविक वस्तुहरू भुत प्रेत हुन्छन् भनेर पत्ता लगाउने र मार्ने तरिका ।

– Narconon /Purification Rundown :Church Of Scientology ले सुरू गरेको लागुपदार्थ दुर्व्यसन छुटाउने पद्धति । उनीहरू दाबि गर्छन् कि लागुपदार्थ र विकार वस्तुहरू (toxins )सधै बोसोमा स्टोर भएर बस्छन् । त्यसैले एक्सरसाइज वा ताप प्रयोग गरेर बोसो पगालेमा लागुऔषध र विकारहरू शरिरबाट हट्छन् । लागुपदार्थ हरू असिमित समयसम्म बोसोमा स्टोर नहुने र यो पद्धति ले काम गर्दैन भनेर विभिन्न टेस्टबाट प्रमाणित भएको छ ।

– परम्परागत चिनिया उपचार पद्धति: विशेषगरि Taoism मा आधारित तत्वहरू प्रयोग गरेर गरिने औषधोपचार । एक्युपन्चर (Acupuncture )पनि यसैअन्तर्गत पर्छ । Acupuncture ले दाबि गरेजस्तो मानव शरिरमा Acupuncture points or meridians हुने कुनै प्रमाण  भेटिएको छैन ।

– कस्मेटिक: टिभिहरूमा प्रचार गरेजसरि शरिरलाई फाइदा गर्दैनन् कस्मेटिकहरूले । विशेषगरि वैज्ञानिक भनेर प्रचार गरिने बुढो नहुने क्रिम (Anti Aging Creams )हरू कुनै वैज्ञानिक रूपले मान्य फर्मुलामा आधारित हुन्नन् ।

यस्तै अरूपनि धेरै छन् । Pseudoscience हरू के के हुन् जान्न यहाँ र यहाँ क्लिक गर्नुहोस् ।

## Note:
कुनलाई Pseudoscience भन्ने केलाई नभन्ने बारेमा अचेल यस्ता धारणाहरू पनि आउन थालेका छन् । यसका बारेमा बहस हुन सक्छ
” I call creationism “pseudoscience” not because its proponents are doing bad science —they are not doing science at all—but because they threaten science education in America, they breach the wall separating church and state, and they confuse the
public about the nature of evolutionary theory and how science is conducted.”and more at Scientific American.

केहि सुझाव वा प्रश्नहरू भए तल कमेन्ट गर्नुहोस् ।

Advertisements