Search

Anotherverse

Get scienced!!!

सेल साईकलको अवधारणा र क्यान्सरको उत्पती शरिरमा क्यान्सरको उत्पती कसरि हुन्छ?

-चन्द्रमणि काफ्ले

सेलसाईकल: यो कुनै जिवको जिवन चक्र भनेको जस्तै शरिर भित्रका हरेक कोषको जिवन चक्र हो । यो चक्र समय निर्धारित हुन्छ र निश्चित समयमा निश्चित चरणहरू पार गर्दै यो चक्र पुरा हुन्छ । यस भित्र रहेर हाम्रो शरिरका सबै जसो कोषहरु कोष-बिभाजनको चरणमा प्रवेश गर्छन तर त्यो भन्दा अगाडि केहि निकै महत्वपुर्ण चरणहरू पार गर्नुपर्ने हुन्छ, उदाहरणको लागि, आनुवंशकिय गुणहरू सहित कोष भित्रका सम्पुर्ण अवयवहरुको दुई-दुई वटा प्रतिलीपी बनाउने र त्यसपछिमात्र कोष बिभाजनको प्रकृया शुरु हुन्छ । (अपवाद: राता रक्तकोष)

   

एउटा शुक्ष्मकोषको लागि आनुवंशकिय गुणहरुको प्रतिलिपी बनाउनु अत्यन्तै जटिल र चुनौतिपुर्ण कार्य हो । किनकी आनुवंशकिय गुणहरू डीएनएमा संग्रहित हुन्छ र हरेक कोषमा करिब २ मिटर लामो डिएनएका त्यान्द्राहरू एकआपसमा बेरिएर २३ जोडा क्रोमोजोमको रुपमा बसेका हुन्छन् । सजिलोको लागि, चौपायाहरूलाई बाध्ने जुटको दाम्लोलाई एउटा क्रोमोजोम मान्नुहोस् । र दाम्लोको मसिना तर बाटीएका जुटका रेसाहरुलाई डिएनएका त्यान्द्राहरू भनेर सम्झनुहोस् । जुटका हरेक मसिना रेसाहरूमा आनुवंशिक सुचनाहरु संग्रहित हुन्छन् र ति हरेक मसिना जुटका रेसाहरूको सहि प्रकारले प्रतिलीपी बन्नु आवश्यक हुन्छ । २३ जोडा दाम्लाहरुलाई खोल्ने, जुटका रेसाहरुको सहि प्रतिलिपी बनाउने, र पुन: रेसाहरुलाई बाटेर ४६ जोडा दाम्लाहरु बनाउने प्रकृयालाई जिवशास्त्रीहरुले “डिएनए रेप्लिकेसन” भनेर नामाकरण गरेका छन् । उक्त रेसाहरुको प्रतिलिपी बनाउदा गल्ति गर्ने छुट त कोषलाई हुदैन तर यो प्रकृया सतप्रतिशत् ठिक पनि हुदैन । आफ्नो आनुवंशकिय गुणहरुको प्रतिलिपी बनाईसकेपछि बिभाजनको चरणमा प्रवेश गर्नु भन्दा अगाडि कोषले सबै प्रकृया ठिक छ या छैन भनेर पुन:परिक्षण गर्नुपर्ने हुन्छ । यदि गल्तीहरू सच्याउन मिल्ने छन् भने कोषले बिभाजनको चरणलाई रोकेर अशुद्धिहरू सच्याउन थाल्छ । यस प्रयोजनका लागि कोषले “अशुद्धि सच्याउने शक्तिशाली संयन्त्र”लाई तैयारीमा राखेको हुन्छ । यो संयन्त्रले यदि रेसाहरू चुटिएकाछन् भने गास्ने, रेसामा गलत सुचना रहेछन् भने त्यसलाई काटेर सहि सुचना भर्ने आदि कामहरू गर्छ । तर सच्याउनै नमिल्ने प्रकारको गल्ती भएको रहेछ भने कोषले आफ्नो मृत्युको तयारी शुरु गर्छ र अन्त्यमा आत्महत्या (स्वमृत्युवरण?) गरि आनुवंशिक सुचनाहरूको सहि प्रसारणलाई सुनिश्चित गर्छन् ।

Source: http://www.britannica.com

हाम्रो शरिरको हरेक कोषहरु को उद्यश्य बिभाजन हुनु मात्र होइन । यदि सबै कोषहरु बिभाजन भइरहन्थे भने हाम्रो शरिर बुढेसकालमा कोषहरूको पर्वत हुन्थ्यो होला । केहि चक्र सम्म कोषहरुको बिभाजन भईसकेपछि तिनीहरु निश्चित प्रकारको परिपक्क कोषमा रुपान्तरित हुन्छन । परिपक्क कोषहरु सेल-साईकल को चक्र बाट बाहिरिन्छन । जस्तै स्नायुकोष, मुटुको मशंपेशीका कोषहरू । एउटा परिपक्क सेतोरक्तकोष बिभाजित भएर दुई वटा परिपक्क सेतोरक्तकोषहरू बन्दैनन् । परिपक्क सेतोरक्तकोषहरु रोगप्रतिरोधात्मक कार्यमा ब्यस्त हुन्छन् जसकारण यिनिहरू कोष बिभाजन जस्तो ठुलो कार्यमा शक्ति र समय खर्च गर्न सक्दैनन् ।

 

यो त भयो सामान्य अवस्थामा के हुन्छ भन्ने कुरा । तर कहिले काँहि निश्चित प्रकारको कामको लागि परिपक्क भईसकेको कोषपनि सेलसाईकलमा प्रवेश गर्छ र अनियन्त्रित भई कोष-बिभाजनमा सामेल हुन्छ अनि क्यान्सर कोषमा परिवर्तित हुन्छ । किन परिपक्क भईसकेको कोष सेलसाईकलमा प्रवेश गर्यो त भनेर सोध्नुहोला! यो बिभिन्न कारणहरू जस्तै, क्यान्सर वर्धक भाईरसहरुको संक्रमण, केहि रसायनहरु, आनुवंशिक कारणहरूले गर्दा तोकिएको कामका लागि परिपक्व बनाएको कोषलाई सेलसाईकल संचालन गरि अनियन्त्रित कोष-बिभाजन गर्न उत्प्रेरित गर्ने गर्छ ।

Source: http://www.cancerresearchuk.org

धेरैजसो अवस्थामा कोषहरु आफैंले सेलसाईकलको असामायिक सक्रियपनाको चाल पाउछन् र स्वमृत्युको तैयारी गर्छन् । धेरै जसो अवस्थामा रोगप्रतिरोधात्मक संयन्त्रका कोषहरुले बिभिन्न घातक रासायनहरुको प्रयोग गरि अनियन्त्रित रुपमा कोष-बिभाजन गर्न सक्ने कोषहरुलाई मार्ने काम गर्छ । यो प्रकृया अत्यन्तै निपुण हुन्छ । तर पनि कुनै बेला क्यान्सर कोषले रोगप्रतिरोधात्मक संयन्त्रका कोषहरु सगंको युद्ध जित्छ र क्यान्सर कोष रोग मा परिवर्तन हुन सक्छ । क्यान्सर रोगको निदान भईसकेपछि ति क्यान्सर कोषहरूको सेलसाईकललाई रोक्नु प्रमुख चुनौती हो । यसका लागि औषधिको रुपमा रसायन वा विकिरणको प्रयोग गरेर क्यान्सर कोषहरूको डिएनएमा भौतिकरुपमा क्षती पुर्याउने तरिका निकै प्रचलित छ । तर यो तरिकामा एउटा समस्या छ: कुनैपनि कोषको डिएनएमा भौतिकरुपमा क्षती भएपछि यसको “अशुद्धि सच्याउने शक्तिशाली संयन्त्र” सकृय हुन्छ र रसायन वा विकिरणको माध्यम बाट क्यान्सर कोषहरुको डिएनएमा आवश्यकमात्रामा क्षती पुर्याउन कठिन हुन्छ र यसरी औषधि प्रतिरोधक क्यान्सर रोगको उत्पति हुन्छ ।   

      

 

(Disclaimer: Above statements are very simplified and there are a lot of things that are not known yet. These are answers to my parents or my overly curious cousins if they ask me what I am doing in a gradschool)

Advertisements

हामी सास किन फेर्छौ?

मंगलबार आँफैमा एउटा लामो र बोरिङ्ग दिन हो। ४ घण्टा लगातार पढाउन पर्ने, सक्किन नपाई फेरी १ घण्टा मिटिङ र तेस पछी ल्याबमा काम। तर आफुलाई पढाउन रमाइलो लाग्ने भएर हो कि खासै झ्याउ लाग्दैन। आज क्लासमा एउटा विद्यार्थीले “रक्सी कसरी बन्छ” भनेर सोध्यो, उनीहरुले काम गरी राखेको असाइन्मेन्टमा रिलेटेड भएको ले। आफ्नो बानी उस्तै छ, उस्को प्रश्न लाई फेरी प्रश्नले नै उत्तर दिए, सोधे

“हामी सास किन फेर्छौ?”

उस्ले वाल्ल परेर मलाई हेर्यो!

र शायद यो पढ्ने सबैले पनि तेही सोच्दै हुनुन्छ होला।

तर त्यो कुरा साधारण हिसाबमा बुझाउन  मैले रेस्पिरेसनको कुरा सँग जोड्न पर्ने थ्यो।

हाम्ले सास किन फेर्छौ?

मैले फेरी सोधे।

“बाँच्नको लागि” भनी एउटा विद्यार्थीको उत्तर आयो।

अ! तर किन? मैले फेरी सोधे

उ वाल्ल परेर मलाई हेरी राख्यो, कस्तो उट्पट्याङ प्रश्न सोधेको होला भन्दै। मैले फेरी तेही प्रश्न सोधे। मलाई चाँही पढाउनको लागि पढाउन भन्दा नि सिकाउनको लागि पढाउन मन लाग्छ। केही जानुन अरुले भन्ने कुरा सधैं दिमागमा हुन्छ र त्यसरी प्रेस गरिराखे।

कुरा घुमाएर, हामीले खान्छउ किन भनेर सोधे।

“त्यो नि बाँच्नको लागि भनेर उत्तर आयो”

तर किन?? मेरो फेरी अर्को प्रश्न गयो।

र एती बेला दिमाग मा यो ब्लग लेख्ने आइडिआ आयो। बच्चैमा पढेको कत्ती साधारण कुरा नि खासमा हो चाँही के भन्ने बुझिएको नहुने रहेछ।

किन फेर्छौ त हामी सास? वा किन खान्छम हाम्ले? यि दुइटा कुरा नगर्ना ले हामी “मरिन्छ” भन्छौ। तर किन?

सास फेर्ने क्रमलाई रेस्पिरेसन भनिन्छ। र यो गर्दा हाम्ले अक्सिजन लिएर कार्बोन्डाइअक्साइड फाल्छम। ओक्सिजन लिनुको अर्थ के छ त? वा यो सँग खानुको सम्बन्ध के छ?

सुरु गरम अक्सिजन बाट। हामीले सास फेर्दा अक्सिजन लिन्छम। त्यो अक्सिजन हाम्रो फोक्सोमा जान्छ। फोक्सो बाट तेस्लाई हिमोग्लोबिनले कोषहरु मा लग्छन। हिमोग्लोबिन एउटा प्रोटिनहो जस्मा, हिमोग्लोबिन (Heme + Globin) ४ वटा हिम ग्रुप भएको ग्लोबुलर प्रोटिन हो। जस्को हरेक हिम ग्रुपमा एउटा आइरन याटम हुन्छ। तेही आइरन याटम मा अक्सिजन बाधिएर बस्छन। हिमोग्लोबिनको अक्सिजन प्रतीको आकर्षण राम्रो हुन्छ र, धेरै अक्सिजन भएको ठाउँमा मज्जाले बाधिएर बस्छ भने, अक्सिजन कम वा कर्बोन्डाइअक्साइड धेरै, अथवा एसिडिक कन्डिसनमा उस्ले सजिलै अक्सिजन गुमाउछ। हिमोग्लोबिनको एही गुणहरूले उस्लाई अक्सिअन ओसार पोसार गर्न धेरै मद्धत गर्छ। किन भने हाम्रो फोक्सोमा अक्सिजन धेरै हुन्छ, र कार्बोनडाइअक्साइड त्यो भन्दा काम। र जब हिमोग्लोबिनले अक्सिजन लिएर कोषमा जान्छ, त्यहा सेलुलर रेस्पिरेसनको कारण कर्बोन्डाइअक्साइडको मात्र बढेको हुन्छ र कोषमा पुग्न नपाई हिमोग्लोबिन बाट अक्सिजन झर्न थालछन, र त्यो अक्सिजनको ठाउँ कर्बोन्डाइअक्साइडले लिन्छ।

 

एउटा बसले बसस्टप बाट यात्राु उठाएर अर्को स्टपमा छोडेको जस्तै हो, मात्र नेपाल यातायातले झै यात्राु नकोची, जम्मा ४ वटा यात्राु बोकेर हिड्छ।

अब जाउ कोषमा के हुँदै छ भन्ने कुरामा, तेस्को लागि हाम्ले किन खान्छउ को प्रश्नमा जान जरुरत छ।

नखाए मरिन्छ भन्दै हामी खान्छम, खान मन नलागे नि भोक लाग्न थाले पछी खानै पर्‍यो। तर त्यो खाएर हुन्छ के?

हामीले खाएको सबै कुराको पाचन हाम्रो मुख बाटै सुरु हुन थालछ। दातले टोकेर हामी पहिले त्यो खाने कुरा सानो पार्छौ, र सोही समयमा सलाइभा वा र्यालले तेस माथि काम गर्न थालछ। र निलिसकेर पेटमा पुग्दा तेस माथि पाचनप्रणालीका बिभिन्न इन्जाइमहरुले टुक्राएर सामान्य अणु बनाउने काम गर्छन्। सबै इन्जाइमले काम गरेर सके पछी, सबै भन्दा सामान्य अनु बन्ने भनेको ग्लुकोज हो। र त्यो ग्लुकोज रगत बाट अक्सिजन झै कोषमा जान्छन। कोषमा ति ग्लुकोज जम्मा भएर बस्छन, र जब हाम्रो हिमोग्लोबिनले अक्सिजन लेर कोषमा छोड्छ, अक्सिजन र ग्लुकोजको रियाक्सन/मिलनमा उर्जा र कार्बोनडाइअक्साइड निस्किन्छ। र त्यो उर्जाले हाम्रो सम्पूर्ण जीवन प्रक्रिया चल्छ। त्यस रियाक्सनको बाइप्रोडक्ट कार्बन्डाइअक्साइड भने हिमोग्लोबिनमा मिसिएर फोक्सो को यात्रामा निस्किन्छ।

अब कुरा गरम रेस्पिरेसन सँग जोडीएका केही रोचक कुराहरुको।

पहिलो कुरा गरम, लेक लाग्ने। आफु धेरै ट्रेक्किङ गर्न रमाउने भएर होला, मलाई यो टपिक पढाउन धेरै रमाइलो लाग्थ्यो। माथि हामीले कुरा गर्‍योउ हिमोग्लोबिनले कसरी काम गर्छ र अस्क्सिजनले के गर्छ भन्ने। अब सोचम, राम गोसाइकुन्ड ट्रेक्किङ जादै छ, उ बिहान धुन्चे बाट खाजा खाएर निस्क्यो। धुन्चे करीब १९०० मिटरमा छ , जहाँ अक्सिजनको मात्र मध्यम हुन्छ। जब उ बिस्तारै देउराली को डाडा चाडन थालाछ, उस्को सेलुलर मेटाबोलिजम हाइ हुँदै जान्छ र, कोषमा उर्जा उत्पतीको लागी धेरै ग्लुकोज बढ्दै जान्छ। जस्ले गर्दा कोषमा कार्बोन्डाइअक्साइडको मात्र बढेको हुन्छ। उ अझै हिड्दै छ, धिम्साको डाडा पुग्दा सम्म उस्ले धेरै हिडी सकेको छ, र उस्को कोषमा भएको अक्सिजन धेरै बली (Burn) सकेको छ। हाम्रो कोषमा ग्लुकोज कती हुन्छ भन्ने हाम्ले कती खायोउ मा भर पर्छ। तर खाएको सबै ग्लुकोज कोषमा ग्लुकोज मात्र भएर बसेको हुन्न। त्यो हुने हो भने हाम्रो ग्लुकोज र उर्जा चाडै सकिन्थ्यो। ग्लुकोज को पोलिमर ग्लाइकोजेन लिवर मा बन्छ र मांसपेशीमा जम्मा भएर बस्छन। र जब एस्तो उच्च तीव्रताको काम भैरहेको हुन्छ तब कोषको ग्लुकोज सकिदै जान्छ, र शरीरले उर्जाको लागि ति मांसपेशीमा भएको ग्लाइकोजेनलाई जलाएर उर्जा निकाल्छ। एस्लाई भनिन्छ एनएरोबीक रेस्पिरेसन। सामान्यतया गरिने रेस्पिरेसन जुनमा अक्सिजन संलग्न भएको हुन्छ तेस्लाई भने एरोबिक रेस्पिरेसन भनिन्छ। तर, एनएरोबिक रेस्पिरेसनको क्रममा भने उर्जा र कार्बोन्डाइअक्साइड नभएर ल्याक्टिक एसिड र उर्जा निस्किन्छ। र जब राम ५ ६ घण्टा लगातार हिंडेर चन्दनबारी पुग्छ, तब सम्म उस्को रेगुलर ग्लुकोज सक्केर ग्लाइकोजेन बर्न भै सकेको हुन सक्छ। कसरी थाहा पाउन सकिन्छ त एदी त्यस्तो भएको छ कि छैन? एही भएको छ भने, रामको पिंडौला भात्भती पोल्न थालछ। किन? किन भने एनअेरोबिक रेस्पिरेसनले ग्लुकोज बालेर ल्याक्टेट निकाल्छ र त्यो ल्याक्टिक एसिड भएर बस्छ।

र भात्भती पोल्छ। अब सम्झिनु होस्, जिममा होस् या कतै दौडिदा पिंडौला पोलेको थ्यो होला? किन पोल्यो बुझ्नु भयो नि अब?

अब हेरम राम कता पुग्यो।

पिंडौला पोलेको भएर रामले चन्दनबारी नै बस्ने निर्णय गरेछ। भोली पल्ट बिहानै ब्रेक्फास्ट गरेर उ गोसाइकुन्ड तिर हिड्यो, तन्नै ब्रेक्फास्ट गरेकोले आज उ मज्जाले हिद्दै छ। तर जब उ लौरिबिनाको डाडा पुग्यो, त्यो बेला सम्म उस्को शरीरले धेरै उर्जा उत्पादन गरी सकेको हुन्छ र, एसिडीक कन्डिसन बध्दै जान्छ, किन भने सेलुलर रेस्पिरेसन को क्रममा कार्बोन्डाइअक्साइड निस्किन्छ। र फेरी एक चोटि सम्झिउ, हिमोग्लोबिनको अक्सिजन प्रतीको आकर्षण एसिडिक कन्डिसनमा कम हुन्छ, एउटा त्यो काम हुँदै गरेको हुन्छ भने, अर्को वायुमण्डलमा नै अक्सिजनको मात्र कम छ। तेस माथि अब उ लौरिबिनाको डाडामा हिद्दै गर्दा उस्को पिंडौलामा फेरी ल्याक्टिक एसिड जम्मा हुन थाली सक्यो, किन? किन भने उसले बिहान खाएको कुराले दिने उर्जा लौरिबिना सम्म पुग्दा नै प्रयोग भै सक्यो। र अक्सिजन को मात्र काम हुँदै गएको ले उस्लाई गार्हो नि हुँदै गएको छ, टाउको दुख्न थालएको छ, गलेको महसुस भएकोछ। शायद उ आज तेतै तिर बास बस्छ। नबसे के हुन्छ? भन्न होला। के हुन्छ त्यो बारे नि एस्सो छलफल गरम।

 

जब अक्सिजनको मात्रा कम हुँदै जान्छ तब फोक्सोको रक्त वाहिनी कसिदै जान्छ र फोक्सो पानीले भरिएर मर्न सक्ने खत्रा हुन्छ। एस्लाई High Altitude Pulmonary Edema (Hape) भनिन्छ. र यो कुनै लक्षणहरू नली नै आउन सक्क्छ। गलेको र थाकेको महसुस हुँदै गर्दा भित्र भित्रै यो भैरहेको हुन सक्क्छ। तेसैले लेकमा हिद्दा धेरै होस् पुराउन पर्ने हुन्छ। Hape को उपचार नगरेको खन्डमा यो दिमाग सम्म पुग्न सक्छ र एस्लाई High Altitude Cerebral Edema भनिन्छ र , यो घातक हुन सक्छ ।

अब फर्किउ मेरो विद्यार्थीले सोधेको प्रश्नमा:

रक्सी कसरी भन्छ? र किन चिनी वा गुल्यो हुने सबै कुरा बाट रक्सी बनाउन मिल्छ?

रक्सी फर्मेन्टेसन भन्ने प्रकृया बाट बन्छ। रक्सी बनाउनलाई यिस्ट (मर्चा)को प्रयोग गरिन्छ। यिस्टले अक्सिजनको कमीमा, जस्लाई एनएरोबिक रेस्पिरेसन भनिन्छ, ग्लुकोजलाई बर्न गरेर रक्सी बनाउछ। जसरी हाम्रो मा उर्जा र कार्बोन्डाइ अक्साइड बाइप्रोडक्ट हुन्थ्यो इस्टले रक्सी बनाउछ र त्यो रक्सीलाई प्रोसेसिङ गरेर खान मिल्ने रक्सी बनाइन्छ।

एती कुरा बुझाउने क्रममा मैले सबै रेस्पिरेसनको कुरा कुरा उस्लाई भने, शायद जरी थिएन होला, इस्टले यसरी बनाउछ भनेको भए हुन्थ्यो, तर यो कुरा थपेको ले शायद उस्लाई बुझ्न सजिलो भयो होला। तेसैले यो ब्लगमा नि तेही बुझाउने हिसाबले लेख्न प्रयास गरेको छु, शायद बुझिन्छ होला।

 

Geminid Meteor Shower 2016

It’s time for the best meteor shower of the year! December brings the Geminid meteor shower in the night sky, one of the spectacular displays of dance of the meteors showers.

About Geminid

Dating back to more than 200 years Geminid meteor shower is growing stronger every years- a research suggests. Geminid definitely marks the best display meteor shower with a rate of about 120 shower per hour in the dark sky and about 40 shower per hour with the super-moon light that we are about to get this year during the shower. 40 shower per hour (That rhymed) is still a good odds in our favor.

The name Geminid comes from the Constellation Gemini (Also known as the twins) and as the name suggests, it radiates from a certain point in the constellation, the radiant point in this case is- Castor.  The parent body of the shower is a near-earth asteroid called 3200 Phaethon, an asteroid which is believed to have collided with some objects in the past. Usually, meteor showers take place when the earth passes through the Orbital path of a comet. When the debris from the comet enters the earth’s upper atmosphere, the vaporization of the particles create the spectacular showers in the sky.

When to watch?

The peak of meteor shower is on the night of Dec 13 and Dec 14. Usually the peak of the Geminid meteor shower intensifies after midnight.

How to see the shower?

The best way to see a meteor shower is to go away from the city with excessive light pollution to some rural areas. But if that’s not possible then, you can do it from you roof too! You’re not going to see a meteor shower if you just stare at the night sky, you have to adapt to the darkness in the night sky, i.e. you need to  gaze at the sky for a long time, gradually everything will start to appear dark, that’s when you see every single thing that moves in the sky.

Or you can take your camera and mount it on a tripod and set the following settings and try to catch few in the photos:

I usually use (The photo I have shared was on the following exif as well)

Shutter: 20”

F: 3.5

ISO: 3200

But it’s advised to use a lens with a wide aperture. In that case you might want to use ISO 1600. But it surely depends on the condition as well so just try few shots with different combination along that line

How to find the constellation Gemini?

The head of the Twins- Gemini consists of two bright stars- Castor and Pollux and in a place with an excessive photo-pollution only the head might be visible which forms a wedge that points straight at the Orion. The Orion or hunter is very easy to find!

castor

Photo Source : (www.earthsky.org)

geminids3

Gemini and Orion – Photo source : (www.stardate.org)

12109251_764348810360117_4467369853319768323_n

DRACONIDS METEOR SHOWER AS SEEN FROM BUDHANILKANTHA, KATHMANDU. OCTOBER 9, 2015. PHOTO BY – ANUJ GHIMIRE

Stars and Constellations

On a clear night there are so many stars in the sky, more than we can probably count. Some stars look brighter than others. If we are really far from cities more stars we can see. These groups of stars are sometimes called constellation. A simple definition of constellation is a cluster of stars in the sky that grouped together in a particular pattern or shape and have been given a name. A more modern astronomical sense of the term is as recognizable pattern of stars whose appearance is associated with mythological characters or creatures or associated earthbound animals or objects. There are 88 official constellations which are recognized by the International Astronomical Union (IAU) which is most reasonable number to deals in billions. Some constellations are only visible in the northern hemisphere while others are only visible in the southern hemisphere. Constellation that are visible in both hemispheres may appear upside down in southern hemisphere. A few constellations can be viewed all year long but most are seasonal and can only be viewed at certain times of the year. The sun is the only known star in our galaxy which is not part of the constellation.

The most famous group of star that is easy to find is Big Dipper (Sapta Rhishi). Most people think of Big Dipper as a constellation itself, but it is an Asterism (Group of familiar stars within a constellation). It is made up of 7 bright stars. Big dipper is a part of constellation Ursa Major and visible all year in the northern hemisphere. Polaris is the brightest star in the constellation of Ursa Major. Orion is another constellation which is character from Greek mythology, a giant hunter who was placed in the stars by Zeus upon his death. The Big Dipper has a peculiar shape and is easy to find, and its more easy following the straight line from the North Star or Polaris, as the two stars on the outside of the bowl shape, point straight towards the Polaris, hence they are also known as the Pointer stars. Finding Polaris can help you find Ursa Minor as well, Polaris is the star at the end of the handle of Ursa minor. 

big

 Photo Source : Dan Mitchell (Gettyimages)

Orion, also known as the Hunteris visible in both hemispheres. The constellation mainly consists of bright blue super-giant stars. The most notable exception being the red super-giant Betelgeuse. Betelgeuse is the largest star in the constellation. It has 1000 times the radius of the sun. The 3 stars which forms a line through Middle of the constellation are as Orion’s Belt. The brightest stars in the constellation is Rigel which is 40,000 times brighter than sun. There is a lot more to Orion than just a few star that is why when astronomers talk about constellation they don’t just mean few stars that might look like something they also mean all others stuff that are part of night sky. Orion is the most easily recognizable constellation.The easiest way to find Orion in the night sky is to look for the belt of Orion, three stars resembling the shape of a bet on the hunter. 

orion Photo Source : Google images

Zodiac are group of constellations that forms a circular pattern in the night sky. Zodiac helps astronomers to figure out how other objects travels in the space. At the beginning of the January, the constellations of Sagittarius are highly visible to us on earth. The Greek called Sagittarius the Archer because it looks like a man shooting the arrow. Capricornus is also highly visible in January towards the end of the month. It is sometime called sea goat since it happens to have the head of a goat and the tail of a fish.

Next up in February is Aquarius or the water bearer, a group of ancient people called Babylonians thought that these group of star look like an old man pouring water from a picture.

Moving on to march we can see Pisces or the fishes. Pisces represents Venus, a roman goddess who is said to have turned into a fish, and jumped into a river to escape an evil monster.

Next up in April is Aries. In Greek mythology Aries was a ram with wings. The constellation of Taurus visible in may which look like a bull.

June’s prominent constellation, Gemini is sometime called the twins because it reminded the ancient Greeks of the twin’s son of Zeus.

Cancer which we can see pretty well in July is called the Crab because it reminds some folks.

August constellation is called Leo and looks like a ferocious lion. Seen in

September is Maidens (Virgo) since it looks like a lady holding grain which symbolize the harvest of the Greeks and the remains Libra appears in October when days and night are roughly equal and is considered as symbol of balance.

Scorpius, ‘The scorpion’ is visible in November.

Finishing off the year in late November is Ophiuchus which once called “Serpentarias” because it looks like a man holding serpent or snake. Out of 13 Zodiac constellation 12 of them are used as sign for the zodiac calendar and astrology. The zodiac constellation is located within a band that is about 20’ in the sky.

jr9l8

Photo Source : Google images

This article is contributed by Barsha Singh. Barsa is a student of B.Sc. Biology at Tri-Chandra Multiple Campus, Ghantaghar, Kathmandu 

हाम्रा चोकको नयाँ अनुहार

बिहानको झिसमिसे र रातको १० बजै अगि बिरलै चोकको अनुहार राम्रोसँग देख्न पाइन्छ काठमान्डुमा। रङबेरङका दुइ/तीन/चारपाङ्ग्रे सवारीहरु,पैदलयात्रुहरु,ठेलागाडा तथा गाईवस्तुको सङ्म बन्छन् चोकहरु। अधिकांश नियमको परवाह नगरी चल्ने सवारीहरु र त्यसरी नै मनलाग्दी हिँड्ने पैदलयात्रुले गर्दा जामको पर्याय बन्छन चोकहरु। स्वचालित ट्राफिक बत्ती नभएर (भए पनि नियम माने त हो 😉 )मान्छेले सङ्केत गरेर चलाउनु पर्ने यो व्यवस्था कति जटिल छ तलका चित्रहरुमा कलङ्की चोक र यसमा हुने सवारी आवागमनको प्रवाह (Traffic maneuvers) हेरेर बुझ्न सकिन्छ।

kalanki
कलङ्कीको सवारी प्रवाह

यो चोकमा एकपटकमा सवारी-साधनहरु करिब बाह्र दिशामा (चित्रमा अंकित गरे अनुसार) जान मिल्ने गरि लामबद्ध भएर बसेका हुन्छन। अहिलेको स्थितिमा सुहाउँदो ट्राफिक नियम नभएको कारणले यहाँको सवारी आवागमन अस्तव्यस्त छ ।  सवारीधनीहरुले आफु मनपरी सवारी चलाउने कारणले व्यवस्थापन गर्न हम्मे-हम्मे पर्छ। त्यसमाथि भएको आकाशे-पूल (Overhead bridge) नि भत्कईदिएपछि पैदल-यात्रुहरुले जथाभावी बाटो काट्ने गर्दा यातायातमा थप अवरोध पुगेको छ । यिनै कारणहरुले यात्रा असुरक्षित बन्नुका साथै बहुमुल्य समय ट्राफिक जाममा खेर जान्छ । अझ धुलो-धूँवा र अनावश्यक ‘हर्न ‘ बजाउने चलनले जोसुकैको पनि यात्रा कष्टकर बनेको छ।गम्भीर भएर सोच्ने हो भने अब यहाँ को ट्राफिक व्यवस्थित बनाउनुको विकल्प छैन । Continue reading “हाम्रा चोकको नयाँ अनुहार”

Create a free website or blog at WordPress.com.

Up ↑